कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

चौधरी फाउन्डेसनले आईसीयू वार्ड र अक्सिजन प्लान्ट बनाउने

काठमाडौँ — कोभिड–१९ को दोस्रो लहरबाट उत्पन्न स्वास्थ्य संकटमा सहयोग पुर्‍याउन चौधरी फाउन्डेसनले आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने बताएको छ ।

चौधरी फाउन्डेसनले आईसीयू वार्ड र अक्सिजन प्लान्ट बनाउने

फाउन्डेसनले वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने बताएको छ । सुदूरपश्चिम प्रदेशको धनगढी नगरपालिका र कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिकामा एक/एक वटा अक्सिजन प्लान्ट स्थापना गर्ने पनि फाउन्डेसनले बताएको छ । फाउन्डेसनले गत वर्ष कोरोना महामारीको पहिलो लहरका बेला आपत्कालीन सहयोग कार्यक्रमअन्तर्गत देशभरका २ सयभन्दा बढी स्वास्थ्य केन्द्रमा पीपीई, सेनिटाइजर, मास्क उपलब्ध गराएको बताएको छ ।

प्रकाशित : जेष्ठ २, २०७८ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×