ओली–नेपाल वार्ता : एमाले विवाद हल गर्न १० सदस्यीय कार्यदल गठन

काठमाडौँ — नेकपा एमालेको विवाद हल गर्न १० सदस्यीय कार्यदल गठन भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार सिंहदरबारमा भएको वार्तामा कार्यदल बनाउने सहमति जुटेको हो ।

ओली–नेपाल वार्ता : एमाले विवाद हल गर्न १० सदस्यीय कार्यदल गठन

वरिष्ठ नेता नेपालका अनुसार कार्यदलमा ओलीको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् ।

नेपालको पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन् । कार्यदललाई तीन दिनभित्र प्रतिवेदन बुझाउनु पर्ने धारणा राखेको जानकारी दिए ।

वार्तापछि अध्यक्ष ओलीले एमाले विवाद हल हुने प्रतिक्रिया दिए ।

प्रकाशित : जेष्ठ २, २०७८ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?