कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहयोग जुटाउन राजदूतहरुलाई परराष्ट्रमन्त्री ज्ञवालीको निर्देशन

काठमाडौँ — कोरोना संक्रमणको दोस्रो लहरविरुद्ध लड्न अन्तर्राष्ट्रिय सहकार्य गरेर सहयोग उपलब्ध जुटाउन विदेशस्थित नेपाली नियोगका प्रमुखहरुलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले निर्देशन दिएका छन् । भर्चुअल माध्यमबाट शनिबार निर्देशन दिएका हुन् । 

सहयोग जुटाउन राजदूतहरुलाई परराष्ट्रमन्त्री ज्ञवालीको निर्देशन

मन्त्रालयले वैशाख २३ मा सबै राजदूतावासहरुलाई संकटको समयमा सहयोग जुटाउन पत्राचार गरिसकेको थियो । यही सिलसिलामा मन्त्री ज्ञवालीले नेपाली राजदूतहरुलाई नै प्रत्यक्ष रूपमा निर्देशन दिएका हुन् । मुलुकमा अक्सिजन सिलिन्डरसहित अन्य स्वास्थ्य सामग्रीहरुको अभाव हुन थालेकाले सकेसम्म ती सामग्री सहयोगका लागि अन्तर्राष्ट्रिय सहकार्य गर्नुपर्ने मन्त्री ज्ञवालीले बताएका हुन् ।

प्रकाशित : जेष्ठ १, २०७८ २२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?