कोराना संक्रमणबाट बाँकेमा थप ८ जनाको मृत्यु - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोराना संक्रमणबाट बाँकेमा थप ८ जनाको मृत्यु 

रुपा गहतराज

बाँके — कोराना संक्रमणबाट बाँकेमा थप ८ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकल पर्सन तेज वलीका अनुसार  ५ जनाको  भेरी अस्पतालमा, दुई जना नेपालगन्ज मेडिकल कलेज र एकजनाको होम आइसोलेसनमा मृत्यु भएको हो । 

खजुरा गाउँपालिका वडा नं. १ का ६४ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । वैशाख २८ गते भेरीमा पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टिपटि उनलाई होम आइसोलेसनमा राखिएको थियो ।

कैलाली लम्कीचुहाका ४० वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । वैशाख २९ गते पीसीआर गरिएका उनलाई ३० गते भर्ना गरिएको थियो ।

सल्यान कुमाख गाउँपालिकाका वडा नं. १ की ६७ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । उनलाई वैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई २५ गते भर्ना गरिएको थियो।

बर्दिया मधुवन नगरपालिका वडा नं. ६ का ५९ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । वैशाख १५ गते संक्रमण पुष्टि भएका उनको स्वास्थ्य अवस्था जटिल बनेपछि २७ गते अस्पताल भर्ना गरिएको थियो ।

बैजनाथ गाउँपालिका वडा नं. ६ की ३५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । संक्रमण पुष्टि भएपछि उनलाई वैशाख २६ गते अस्पताल भर्ना गरिएको थियो ।

खजुरा गाउँपालिका वडा नं. ३ की ७५ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । वैशाख २३ गते भर्ना भएका उनको २५ गते संक्रमण पुष्टि भएको थियो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ की ६१ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । वैशाख २० गते संक्रमण पुष्टि भएका उनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि २५ गते अस्पताल भर्ना गरिएको थियो ।

कोहलपुर नगरपालिका वडा नं. २ का २८ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । वैशाख २४ गते गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएका उनलाई २६ गते अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित : वैशाख ३१, २०७८ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्

हेल्थ असिसेन्टमाथि हातपात गर्नेलाई कारबाहीको माग

रुपा गहतराज

नेपालगन्ज — भेरी अस्पताल नेपालगन्जले इमरजेन्सी विभागमा कार्यरत हेल्थ असिसेन्टमाथि भएको हातपातको घटनाप्रति खेद व्यक्त गरेका छ ।

अस्पताल विकास समितका अध्यक्ष प्रमोद धिताल र मेडिकल सुपरिटेन्डेन्ट(मेसु) डाक्टर प्रकाश थापाले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै उक्त घटनामा संलग्न दोषीमाथि कडा कारबाहीको माग समेत गरेका हुन् ।

‘कोरोना महामारीमा संक्रमित बिरामीको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि पटक–पटक अभद्र व्यवहार गर्दै चिकित्सकको लापरबाहीबाट संक्रमितको मृत्यु हुने गरेको आरोप लगाउँदै अस्पतालमा कार्यरत कर्मचारीमाथि दुव्र्यवहार हुने गरेकोले सुरक्षा व्यवस्था मिलाउन माग गरिएको छ ।’

अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘शुक्रबार बिहान अन्दाजी ८:३० बजेतिर ३–४ जनाको समूहमा आएका अराजक व्यक्तिहरुबाट कोभिड वार्डमा मृत्यु भएका बिरामी हेर्न नआएको भन्दै अस्पतालको इमरेजेन्सीमा कार्यरत हेल्थ असिस्टेन्ट पुपेन्द्र शाहीमाथि उनीहरुले हातपात गरेको घटनाप्रति खेद व्यक्त गर्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गर्दछौं ।’

कोभिड–१९ उपचारार्थ खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको मनोबल बढाउनुको साटो मनोबल गिराउने कार्य भएकोले यसतर्फ सम्बन्धित निकायले समयमै सजगता अपनाई सुरक्षाको प्रबन्ध मिलाउनसमेत अस्पतालले माग गरेको छ ।

प्रकाशित : वैशाख २५, २०७८ ०७:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×