कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीमा ओली पुनः नियुक्त, शुक्रबार २ बजे शपथ 

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा पुनः नियुक्त गरेकी छन् । संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिए । 

प्रधानमन्त्रीमा ओली पुनः नियुक्त, शुक्रबार २ बजे शपथ 

प्रधानमन्त्री ओलीले बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सकेका थिएनन् । त्यसपछि स्वतः पदमुक्त भएका ओली दलहरूलाई बहुमतको सरकार बनाउन राष्ट्रपतिले दिएको तीन दिनको समयमा कसैको दाबी नपरेपछि पुनः प्रधानमन्त्री नियुक्त भएका हुन् ।

'राष्ट्रपतिज्यूले संविधानको धारा ७६ उपधारा ३ अनुसार प्रधानमन्त्रीमा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलका नेता केपी शर्मा ओलीलाई नियुक्त गर्नुभएको हो,' प्रवक्ता तथा सहसचिव भट्टराईले भने ।

ओलीलाई शुक्रबार शपथ दिउँसो गराउने तयारी भइरहेको उनले बताए । 'शपथ २ बजेतिर गर्ने तयारी छ, ' प्रवक्ता भट्टराईले भने ।

प्रकाशित : वैशाख ३०, २०७८ २२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?