कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस-माओवादीले सरकारको दावी नगर्ने 

जसपाको समर्थनमा बहुमतको सरकार वा अल्पमतको सरकार ओलीका विकल्प

काठमाडौँ — कांग्रेस र माओवादी बहुमतको सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दावी पेश नगर्ने टुंगोमा पुगेका छन् ।  माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले यस्तो जानकारी गराएको नेता गणेश साहले बताए ।

कांग्रेस-माओवादीले सरकारको दावी नगर्ने 

स्थायी कमिटी सदस्य साहका अनुसार कांग्रेस र माओवादी एमालेको झलनाथ खनाल र माधवुकमार नेपाल समूहले सहयोग नगर्ने निश्चित भएपछि बहुमतको सरकार गठनका लागि दावी नगर्ने निष्कर्षमा पुगेका हुन् ।

सोमबार संसदमा विश्वासको मत नपाएसँगै केपी ओली प्रधानमन्त्रीबाट पदमुक्त भएपछि राष्ट्रपतिले संविधान धारा ७६ (२) अनुसार तीन दिनको समय दिएर विहीवार राती नौ बजेसम्म गठबन्धन सरकारको लागि आव्हान गरेकी थिइन् ।

कांग्रेस पदाधिकारी बैठकपछि बोल्दै सहमहामन्त्री प्रकाशशरण महतले पनि बहुमतको सरकार बनाउन नसकिने निष्कर्षमा पुगेको बताए । उनले बैठकपछि पत्रकारहरुलाई भने, 'उपेन्द्र यादवजी त तयार हुनुहुन्थ्यो तर महन्थ ठाकुर राजेन्द्र महतोले हामी बहुमतको सरकारमा सहभागी हुँदैनौं र समर्थन पनि गर्दैनौं भन्नुभयो । माधव नेपालजीहरुको पनि निर्णय आएन ।'

विपक्षी गठबन्धनले सरकार गठनको दावी नगर्ने भएपछि एमालेसँग अब सरकार गठनका लागि दुई विकल्प आएका छन् । जसपाको ठाकुर र महतो समूहको समर्थनमा ओलीले बहुमतको सरकारका लागि दावी पेश गर्ने सम्भावना पनि छ । यसो भएन भने ७६ (३) अनुसार ओली संसदमा ठूलो दलको हैसियतमा अल्पमतको सरकारको प्रधानमन्त्री बन्नेछन् ।

प्रकाशित : वैशाख ३०, २०७८ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?