कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना संक्रमणबाट थप २१४ जनाको मृत्यु 

काठमाडौँ — कोरोना भाइरस संक्रमणबाट थप २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार नेपाली सेनाले विभिन्‍न मितिमा व्यवस्थापन गरेको शवसहित २१४ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ४६६ पुगेको छ । 

कोरोना संक्रमणबाट थप २१४ जनाको मृत्यु 

मन्त्रालयका अनुसार १९ हजार ४७४ पीसीआर परीक्षणबाट बिहीबार ८ हजार ८४२ जनामा कोरोना पुष्टि भएको छ । एन्टिजेन विधिबाट गरिएको ७७१ नमुना परीक्षणमा ११८ जनामा पोजिटिभ देखिएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ ।

यस्तै २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ पुगेको छ । क्वारेन्टाइनमा ४९७ जना छन् ।

हालसम्म २७ लाख १२ हजार ५६२ पीसीआर परीक्षण भएको मन्त्रालयले तथ्यांकमा उल्लेख गरेको छ ।

प्रकाशित : वैशाख ३०, २०७८ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?