कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

पूर्वराजा अस्पतालबाट डिस्चार्ज

काठमाडौँ — कोरोना संक्रमित भएर काठमाडौंको नर्भिक अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार कोरोनामुक्त भएर साँझ डिस्चार्ज भएका छन् । अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पूर्वरानी कोमल शाह भने अझै अस्पतालमै छन् । 

पूर्वराजा अस्पतालबाट डिस्चार्ज

कोभिड संक्रमण देखिएपछि १९ दिनअघि छोरी प्रेरणासँगै पूर्व राजदम्पति अस्पताल भर्ना भएका थिए ।

अस्पतालमा ज्ञानेन्द्रलाई अक्सिजन दिएर राखिएको थियो । लगातारको उपचारपछि उनको स्वास्थ्यमा निकै सुधार भएको अस्पतालले जनाएको छ । कोरोनाका लक्षणहरु हराएपछि ३ दिनअघि गरिएको गरिएको परीक्षणमा कोरोना नेगेटिभ आएको थियो ।

अस्पतालले पूर्वरानी कोमल शाहको अवस्था सुधारोन्मुख रहेको जनाएको छ । उनलाई दिइने अक्सिजनको मात्रा लगातार घटाउँदै उपचारलाई जारी राखिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । केही दिनअघि उनलाई आइसियुबाट वार्डमा सारिएको थियो । उनको उपचार प्लाज्मा थेरापी विधिबाट समेत गरिएको थियो । अस्पतालका अनुसार पूर्व अधिराजकुमारी प्ररेणा पनि कोरोना मुक्त भइसकेकी छन् । तर, उनी आमा कोमलसँगै अस्पतालमै रहेकी छन् ।

प्रकाशित : वैशाख २९, २०७८ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?