कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुटवल कोरोना विशेष अस्पतालमा अक्सिजन सकिएपछि ५ जनाको आइसियुमा मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालको आइसियुमा अक्सिजन सकिएपछि ५ जनाको मृत्यु भएको छ । अस्पतालको आइसियु कक्षमा उपचाररत बिरामीको मृत्यु भएको सुचना अधिकारी डा. विष्णु गौतमले बताए । 

बुटवल कोरोना विशेष अस्पतालमा अक्सिजन सकिएपछि ५ जनाको आइसियुमा मृत्यु

मृत्यु हुनेमा १ महिला र ४ पुरुष छन् । अक्सिजनको अभावमा २९, ५२, ५४, ४४ र ५२ वर्षीय संक्रमितको मृत्यु भएको उनले जनाए ।

‘स्वास्थ्य मन्त्रालय, निर्देशनालय, उपमहानगरपालीका जताततै जानकारी गरायौं,’ उनले भने, ‘१० वटा सिलिन्डर ल्याएका छौं, त्यसपछि के हुन्छ थाहा छैन ।’ अब अक्सिजन नआए अस्पतालमा रहेका सबै बिरामीको ज्यान जोखिममा रहेको भन्दै उनले यसअघि पनि पटकपटक जानकारी गराउँदै आइसियु र एचडीयुमा जसोतसो व्यवस्थापन गरिए पनि अहिले स्थिति नियन्त्रण बाहिर गएको बताए ।

प्रकाशित : वैशाख २९, २०७८ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?