२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

चितवनमा थप ११ जना संक्रमितको निधन 

रमेशकुमार पौडेल

चितवन — कोरोना संक्रमण पुष्टि भएर चितवनका विभिन्न अस्पतालमा उपचार गराइरहेकामध्ये बुधबार ११ जनाको ज्यान गएको छ । चितवन स्वास्थ्य कार्यालयले जनाएअनुसार भरतपुरको सरकारी अस्पताल र चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा चार/चारजना तथा पुरानो मेडिकल कलेजको शिक्षण अपतालमा तीन  जनाको निधन भएको हो । मृत्यु हुनेमध्ये ६ जना चितवनका छन् ।

चितवनमा थप ११ जना संक्रमितको निधन 

स्वास्थ्य कार्यालयका अनुसार भरतपुरको सरकारी अस्पतालमा चितवनका दुई र गुल्मी र कपिल्वस्तुका एक एकजनाको मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा चितवनका दुई र गुल्मी र नवलपरासीका एक एक जनाको निधन भएको छ । पुरानो मेडिकल कलेजमा चितवनका दुईजना र बाराका एक जनाको निधन भएको छ । कार्यालयका अनुसार कोरोना पुष्टि भएकामध्ये हालसम्म चितवनका मात्रै १५१ को मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालयले उपलब्ध गराएको विवरणअनुसार चितवनमा निको हुन बाँकी सक्रिय संक्रमितको संख्या तीन हजार १२४ पुगेको छ । जिल्लामा हालसम्म संक्रमण हुनेहरु १० हजार ४३२ पुगेका छन् । संक्रमण बढेसँगै अस्पतालहरुमा चाप बढेको छ । अस्पतालमा शय्या बढाउँदा अक्सिजन माग पहिलाको भन्दा ६ गुणा बढेको तर अक्सिजन पाउने स्रोत उही भएको भरतपुर अस्पतालका अध्यक्ष चिकित्सक डा.भोजराज अधिकारीले बताए ।


प्रकाशित : वैशाख २९, २०७८ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?