कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँकेमा कोरानाबाट थप ८ जनाको मृत्यु 

रूपा गहतराज

नेपालगन्ज — बाँकेमा कोरोना सक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई सय दुई पुगेको छ । बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या एक सय ५६ जना पुगेको बर्दियाका कोभिड फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

बाँकेमा कोरानाबाट थप ८ जनाको मृत्यु 

श्रेष्ठका अनुसार जिल्लाका दुई ठूला भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको हो । बाँकेका चार जना र बर्दियाका दुई जना,कैलाली र सल्यानका एक/एक जना गरी आठ जनाको मृत्यु भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका-५ का ४४ वर्षीय पुरुष र नेपालगन्ज उपमहानगरपालिका-१६ का ४९ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ। कोहलपुर नगरपालिका-२ की ३० वर्षीया महिला र कोहलपुर-१० की ४५ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । यस्तै, बर्दिया गुलरिया नगरपालिका-९ का ४७ वर्षीया महिला र बर्दिया मधुवन नगरपालिका-६ का ५५ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ।

सल्यान वनगाडका ५० वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । कैलाली घोडाघोडीका ६० वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ ।

प्रकाशित : वैशाख २९, २०७८ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?