भेरोसेलको दोस्रो डोज कहिले र कहाँ लगाउन पाइन्छ ?

काठमाडौँ — काेराेना भाइरसविरूद्ध पहिलाे मात्राकाे भेरोसेलको खाेप लगाएकाले काठमाडौं उपत्यकामा दोस्रो डोज जेठदेखि लगाउन पाउने भएका छन् । दोस्रो चरणको कोभिड–१९ विरूद्धको खोप भेरोसेलको दोस्रो मात्रा जेठ २ गतेदेखि लगाइनेछ ।

भेरोसेलको दोस्रो डोज कहिले र कहाँ लगाउन पाइन्छ ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वैशाख २२ गतेको निर्णय अनुसार स्वास्थ्य कार्यालय, काठमाडौंबाट खोप लगाउनेबारे सूचना सार्वजनिक भएको हो ।

खोप काठमाडौं महानगरपालिका, किर्तिपुर,चन्द्रागिरि, नागार्जुन, तारकेश्वर, टोखा, बुढानिलकण्ठ, गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी नगरपालिकाका खोप केन्द्रमा लगाइनेछ ।

खाेप १८ देखि ५९ वर्ष उमेरका व्यक्तिहरूलाई लगाइने छ ।

यस्तो छ खाेप बारेको सूचना :


प्रकाशित : वैशाख २८, २०७८ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?