१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

अक्सिजन अभावले नयाँ बिरामी भर्ना लिन पछि हट्दै काठमाडौंका अस्पताल

अक्सिजन अपुग भएपछि एनएमसीले बिरामी डिस्चार्ज गर्दै

काठमाडौँ — बिरामीहरुको उपचारमा आवश्यक अक्सिजनको अभाव भएपछि अस्पतालहरुले धमाधम नयाँ बिरामीको उपचार गर्न नसकिने बताउन थालेका छन् ।

अक्सिजन अभावले नयाँ बिरामी भर्ना लिन पछि हट्दै काठमाडौंका अस्पताल

मंगलबार काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले अक्सिजन सप्लाई गर्ने संस्थाको मेसिन बिग्रिएकाले तत्काल अक्सिजन उपलब्ध नहुने सम्भावना भएकोले अस्पतालमा अक्सिजन अपुग हुने बताएको छ । अस्पतालले एक विज्ञप्तिमार्पत बिरामीहरुलाई आफ्नो व्यवस्था गर्नका लागि सजग गराएको छ । अक्सिजन अभावकै कारण बिरामीहरुलाई डिस्चार्ज गर्न लागिएको र सम्बन्धित निकायहरुमा खबर पुर्‍याइएको पनि अस्पतालले जनाएको छ ।

यस्तै, ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालले पनि कोभिड र नन कोभिड बिरामीको उपचारमा प्रतिदिन ४५० देखि ५०० सिलिण्डर अक्सिजन चाहिनेमा सरकारबाट जम्मा १०० सिलिण्डर प्राप्त भएको जनाएको छ । मेडिसिटीले अक्सिजन अभाव भएपछि नयाँ बिरामी भर्ना लिन नसकिने जनाएकाे छ । अस्पतालले स्वास्थ्य मन्त्रालय,सिसएमसी, सम्बन्धित निकायहरुलाई अक्सिजनको सहज आपूर्ति मिलाउन अपिल गरेको छ ।

प्रकाशित : वैशाख २८, २०७८ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?