कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ह्वीप उल्लङ्‌घन क्षम्य हुन्न, कारबाही हुन्छ : प्रमुख सचेतक भट्टराई 

काठमाडौँ — नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधिसभामा ह्वीप उल्लङ्‍घन क्षम्य नहुने बताएका छन् । ह्वीप उल्लङ्‍घन गर्नेलाई पार्टी केन्द्रीय कमिटीले कारबाही गर्ने उनले कान्तिपुरलाई बताए ।

ह्वीप उल्लङ्‌घन क्षम्य हुन्न, कारबाही हुन्छ : प्रमुख सचेतक भट्टराई 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत माग्ने प्रस्ताव राख्दा एमालेको झलनाथ खनाल-माधवकुमार नेपाल समूहले अनुपस्थित हुने निर्णय गरेपछि प्रमुख सचेतक भट्टराईको उक्त प्रतिक्रिया आएको हो ।

'संसदीय व्यवस्थामा ह्वीप उल्लङ्‍घन गम्भीर अपराध हो । ह्वीप जहाँ पायो त्यहाँ, जे पायो त्यहीँ विषयमा जारी हुन्न,' भट्टराईले भने, 'खास-खास विषयमा गम्भीर रूपमा जारी हुन्छ । त्यो पालना गर्नैपर्छ । ह्वीप उल्लङ्‍घन क्षम्य हुँदैन । त्यसमा कुन प्रकृतिको कारबाही भन्ने त पार्टीले निर्णय गर्छ ।'

एमाले सांसद अनुपस्थित भएमा त्यसलाई ह्वीप उल्लङ्‍घन मानिने भट्टराईको भनाइ थियो । 'उहाँहरू अनुपस्थित हुनु ह्वीप उल्लङ्‍घनको विषय हुन्छ । त्यसो भयो भने पार्टी केन्द्रीय कमिटी बैठक बसेर कारबाहीबारे छलफल गर्छ,' उनले भने ।

भट्टराईले आइतबार प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न पार्टीका सांसदहरूका लागि ह्वीप जारी गरेका थिए । भट्टराईले अझै पनि आफूहरूलाई खनाल-नेपाल पक्षका सांसद प्रतिनिधिसभामा उपस्थित हुने र प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने विश्वास रहेको बताए ।

प्रकाशित : वैशाख २७, २०७८ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?