कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केपी ‌ओलीलाई माधव नेपालको पत्र : विश्वासको मतका लागि ६ बुँदाका शर्त

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने अघिल्लो दिन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ओलीलाई पत्र लेखेका छन् ।

केपी ‌ओलीलाई माधव नेपालको पत्र : विश्वासको मतका लागि ६ बुँदाका शर्त

एमाले अध्यक्ष केपी शर्मा ओलीको पार्टी र सरकार सञ्चालनको शैलीसँग अन्तुष्ट रहँदै आएको माधव समूहले अनौपचारिक रुपमा ओलीलाई विश्वासको मत दिनुको साटो सांसद सदस्यताबाटै सामूहिक राजीनामा दिएर नयाँ सरकार बनाउन विपक्षी दलहरुलाई सहज बनाउने निर्णय गरेको छ ।

औपचारिक निर्णय गर्नुअघि बरिष्ठ नेता माधव नेपालले ओलीलाई ६ बुँदाका शर्त राति पत्र लेखेका हुन् । यसअघि माधव समूहका योगेश भट्टराईले आफूहरुले ओलीलाई सोमबार बिहान ८ बजेसम्मको अल्टिमेटम दिएको बताएका थिए ।

नेता नेपालले लेखेको पत्रमा सर्वोच्चले नेकपालाई एमाले र माओवादीको पूरानै अवस्थामा पुर्‍याएकाले एकीकरणअघि अर्थात् २०७५ जेठ २ को अवस्थाबाट क्रियाशिल बनाउनु पर्ने शर्त राखेका छन् । त्यसयता ओलीले एमालेमा गरेका केन्द्रीय कमिटी विघटन तथा नेताहरुलाई गरिएको कारबाही र सांसदहरुलाई सोधिएको स्पष्टीकरण लगायतका निर्णय खारेज गर्न माग गरेका छन् ।

'निम्न लिखित कुराहरुको आधारमा मात्रै तपाईले विश्वासको मत लिने निर्णयबारे छलफल गरी निष्कर्षमा पुग्नसकिने यथार्थबारे जानकारी गराउन चाहन्छौं' पत्रमा भनिएको छ ।

हेर्नुहोस्, नेपालले लेखेको पत्र :

प्रकाशित : वैशाख २६, २०७८ २३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?