एमालेद्वारा प्रधानमन्त्री ओलीलाई विश्‍वासको मत दिन ह्‍वीप जारी- समाचार - कान्तिपुर समाचार

एमालेद्वारा प्रधानमन्त्री ओलीलाई विश्‍वासको मत दिन ह्‍वीप जारी

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ नेकपा (एमाले) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्‍वासको मत दिन सांसदहरुलाई ह्‍वीप जारी गरेको छ ।  

मुख्य सचेतक विशाल भट्टराईले पार्टी संसदीय दलका नेता केपी ओलीको निर्देशनअनुसार आइतबार प्रधानमन्त्रीलाई विश्वासको मतको पक्षमा मतदान गर्न सांसदहरूका नाममा ह्वीप जारी गरेका हुन् । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ ।


प्रकाशित : वैशाख २६, २०७८ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्

बर्दियामा कोरोनाबाट थप दुई जनाको मृत्यु

कमल पन्थी

बर्दिया — बर्दियामा कोरोना संक्रमित थप दुई जनाको आइतबार मृत्यु भएको छ ।

गुलरिया

मृत्यु हुनेमा गुलरिया नगरपालिका—५ की ५३ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले बताए । उनको शिक्षण अस्पताल कोहलपुरमा वैशाख १७ गते कोरोना पोजेटिभ भइ उपचारका लागि भर्ना गरिएको थियो ।

यसैगरि बाँसगढी नगरपालिका—८ कि ४४ वर्षीया महिलाको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले जनाए । उनी वैशाख १५ गते कोरोना संक्रमित भइ उपचारका लागि भर्ना भएकी थिइन् ।

दोस्रो चरणको संक्रमण फैलिएपछि जिल्लामा कोरोनाबाट २४ जनाको ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : वैशाख २६, २०७८ १७:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×