कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देउवासँगको छलफलपछि ठाकुर र महतो ओलीलाई भेट्न बालुवाटार पुगे

काठमाडौँ — जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । केहीबेरअघि उनीहरु ओलीलाई भेटेर बालुवाटारबाट निस्किएको स्रोतले बताएको छ ।

देउवासँगको छलफलपछि ठाकुर र महतो ओलीलाई भेट्न बालुवाटार पुगे

आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवासँग लामो छलफल गरेपछि ठाकुर र महतो प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

ओली नेतृत्वको सरकार ढालेर कांग्रेस नेतृत्वमा नयाँ सरकार बनाउने गृहकार्यमा माओवादी, जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष छ । त्यसकै लागि देउवाले ठाकुर र महतोालाई बोलाएर ओलीलाई विश्वासको मत नदिन र आफ्नो नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए ।

निकट स्रोतका अनुसार ठाकुर र महतोले जसपाले ओलीलाई विश्वासको मत पनि नदिने र नयाँ गठबन्धनको सरकारलाई पनि समर्थन नगर्ने संकेत गरेका छन् । यद्यपि यसबारे पार्टीमा छलफल गरेर मात्रै औपचारिक निर्णय गर्ने जवाफ ठाकुर र महतोले दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन् ।

पछिल्लो समय ओलीसँगै संवाद र सहकार्यमा रहेका ठाकुर र महतो पछिल्लो घटनाक्रम बारे परामर्श गर्न बालुवाटार पुगेका हुन् ।

प्रकाशित : वैशाख २६, २०७८ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?