कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपत्यकामा २४ घण्टामा ३ हजार १ सय १३ जनामा कोरोना पुष्टि

काठमाडौँ — काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ हजार १ सय १३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा उक्त संख्यामा संक्रमित थपिएका हुन् । तथ्यांक अनुसार काठमाडौंमा २२ सय ७०, ललितपुरमा ४ सय ६२ र भक्तपुरमा ३ सय ८१ जना संक्रमित भएका छन् । 

उपत्यकामा २४ घण्टामा ३ हजार १ सय १३ जनामा कोरोना पुष्टि

विभिन्‍न जिल्लाका प्रयोगशालामा २४ घण्टामा १७ हजार ३ सय १५ पीसीआर परीक्षण गरिएको छ । जसबाट देशभर भने ८ हजार २ सय ८७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको कूल संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको छ ।

यस्तै सोही अवधिमा ५३ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । यो समेत गरी मृतकको संख्या ३ हजार ६ सय ३२ पुगेको छ । २४ घण्टामा एन्टिजेन विधिबाट गरिएको ९ सय ९८ परीक्षणमा १ सय ३१ जनामा पोजिटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ७० जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ९८ हजार ७ सय ६५ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या भने ८३ हजार ४ सय ९८ पुगेको छ । क्वारेन्टाइनमा रहनेको संख्या ३ सय ९८ रहेको मन्त्रालयले जनाएको छ । हालसम्म पीसीआर परीक्षण २६ लाख १५ हजार ७ सय २० गरिएको छ ।


प्रकाशित : वैशाख २५, २०७८ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?