कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नारायणी अस्पतालमा आइपुग्यो १ सय ५० भाइल रेम्डेसिभिर 

शंकर आचार्य

पर्सा — कोरोना संक्रमणको दोस्रो लहरमा समेत हटस्पट बनेको वीरगन्जमा रेम्डेसिभिर औषधि पठाइएको छ । वीरगन्जस्थित नारायणी अस्पताल प्रशासनले अस्पतालमा शनिबार १ सय ५० भाइल रेम्डेसिभिर औषधि आइपुगेको जनाएको छ ।

नारायणी अस्पतालमा आइपुग्यो १ सय ५० भाइल रेम्डेसिभिर 

अस्पतालका प्रवक्ता डा सरोज सिंहले शनिबार प्रेस विज्ञप्ति जारी यस्तो जानकारी सार्वजनिक गरेका हुन् ।

विज्ञप्तिमा दोस्रो लटको १ सय ५० भाइल रेम्डेसिभिर अस्पतालको फार्मेसीमा दाखिला भएको उल्लेख छ । उपलब्ध औषधि चिकित्सकको सिफारिसअनुसार तथा सरकारी दररेटमै संक्रमितलाई उपलब्ध गराइने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा यसअघि सामाजिक सञ्जालमा अस्पतालमा ५४ भाइल रेम्डेसिभिर रहेको सूचना राखिए पनि त्यो हालसम्म अस्पतालमा नआएको उल्लेख छ ।

तर नारायणी अस्पतालमै कार्यरत चिकित्सकहरुले यति मात्रा रेम्डेसिभिर अस्पतालका लागि ‘हात्तीको मुखमा जिरा’ सरह रहेको बताएका छन् । नाम उल्लेख नगरिदिने शर्तमा अस्पतालका एक चिकित्सकले यति थोरै औषधिको मात्राले आफूहरुलाई कुन संक्रमितलाई औषधि दिने र कसलाई नदिने भनि अन्योल हुने बताए । उनले वीरगन्जको आवश्यकताअनुसार तत्काललाई कम्तीमा ५ सय भाइल रेम्डेसिभिर पठाइनुपर्ने बताए ।

एक संक्रमितलाई कम्तीमा २ वा अधिकतम ६ भाइ सम्म यो औषधि दिनु पर्छ । यसरी १ सय ५० भाइल ५० संक्रमितलाई दिन सकिन्छ । अस्पतालमा हाल दैनिक औसत १ सय कोरोना संक्रमित भर्ना हुने गरेका छन् । सबै संक्रमितलाई यो औषधिको आवश्यकता नपरे पनि केही संक्रमितले मात्र प्रयोग गर्दा पनि मुश्किलले यति औषधिले ४ देखि ५ दिन मात्र थेग्ने उनले बताए ।

प्रकाशित : वैशाख २५, २०७८ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?