कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस संसदीय दलकाे बैठक बस्दै, प्रतिनिधिसभाकाे बैठककाे रणनीतिबारे छलफल हुने 

काठमाडौँ — प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसकाे संसदीय दलको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिन लागेको विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बाेलाएकाे हाे । 

कांग्रेस संसदीय दलकाे बैठक बस्दै, प्रतिनिधिसभाकाे बैठककाे रणनीतिबारे छलफल हुने 

शनिबार दिउँसो २ बजे बस्न लागेको बैठकमा प्रतिनिधिसभाकाे २७ गतेको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने कांग्रेस सचेतक पुष्पा भुसालले बताइन् ।

'पर्सि प्रतिनिधिसभा अधिवेशन बाेलाएकाे छ सरकारले, विश्वासको मत लिनका लागि । पार्टी पदाधिकारी बैठकले त्यसको विपक्षमा भाेट हाल्ने र असफल पार्ने निर्णय गरेको छ । संसदीय दलको बैठकले पनि आज निर्णय गर्छ,' सचेतक भुसालले भनिन् ।

प्रधानमन्त्रीकाे विश्वासकाे मत माग्ने पस्ताव कसरी असफल पार्ने भन्ने रणनीतिमा छलफल हुने उनको भनाइ थियोे ।

संसदीय दलको बैठकमा समसामयिक राजनीति र काेराेनाले जनतामा पारेको प्रभावबारे पनि छलफल हुने भुसालले जानकारी दिइन् । 'अहिले राष्ट्रिय राजनीतिमा देखा परेका विषयमा छलफल हुन्छ । अनि काेराेनाविरुद्धकाे खेपमा कमिसनका कुरा आएका छन् । संसदीय दलको बैठकमा यी विषयमा पनि छलफल हुन्छ,' उनले भनिन् ।

कांग्रेस संसदीय दलको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।

प्रकाशित : वैशाख २५, २०७८ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?