२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै 

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । शनिबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाइएको हो ।

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै 

'प्रधानमन्त्रीले आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । आकस्मिक रुपमा बैठक बस्न लागेको हो,' एक मन्त्रीले भने । बैठकका एजेन्डाबारे कुनै जानकारी नदिइएको, बैठकको समय र स्थानबारे मात्रै आफूहरूकहाँ सूचना आएको ती मन्त्रीको भनाइ छ ।

एक अर्का मन्त्रीले भने कोरोनाबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बोलाइएको हुनसक्ने बताए । 'अहिले कोरोना महामारी छ, त्यसैबारे छलफल गर्न बैठक बोलाइएको हुनसक्छ,' ती मन्त्रीले भने ।

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेको छ । दुई दिनअघि मात्रै पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकमा मन्त्रालयका नियमित एजेन्डा र कोरोना संक्रमण रोकथाम र नियन्त्रणसम्बन्धी केही निर्णय लिइएका थिए ।

सोमबार प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी थालेका छन् । त्यसका लागि उनले राजनीतिक दलहरूसँग छलफल गरिरहेका छन् । विश्वासको मत लिनुपहिले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

जनता समाजवादी पार्टीले उठाएका मुद्दा मन्त्रिपरिषद्‍बाट सम्बोधन गर्न र उसलाई आफ्नो पक्षमा पार्न मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको हुनसक्ने अनुमान पनि गरिएको छ ।

प्रकाशित : वैशाख २५, २०७८ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?