कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तत्काल थप कोभिशिल्ड खोप खरिद गर्ने अवस्था छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल थप कोभिशिल्ड  खोप ल्याउने अवस्था नरहेको प्रस्ट पारेको छ । 

तत्काल थप कोभिशिल्ड खोप खरिद गर्ने अवस्था छैन : स्वास्थ्य मन्त्रालय

मन्त्रालयका प्रवक्ता डा.जगेश्वर गौतमले शुक्रबार विज्ञप्ति जारी गर्दै सेरम इन्स्ट्युटिच्युट इन्डियामा आगलागी र क्षमता विस्तारमा अवरोध भइरहेकोले तत्काल थप खोप दिन नसक्ने बताएको जानकारी गराएका हुन् । 'औषधि व्यवस्था विभागको आपत्कालीन प्रयोगका लागि अनुमति प्राप्त कोभिशिल्ड खोप २० लाख डोज ४ डलरमा खरिद गरिएकोमध्ये १० लाख प्राप्त गरिसकिएको, जसमा बाँकी खोप वर्तमान विश्‍व परिस्थिति र भारतको अवस्थाले सेरम इन्सटिच्युट इन्डियाले (Serum Institute of India) ले नेपाललाई खोप आपूर्ति गर्नु आफ्‍नो प्राथमिकता रहेको तर सो कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकोले,' विज्ञप्तिमा भनिएको छ, 'क्षमता विस्तार हुनेबित्तिकै आपूर्ति गर्ने जानकारी दिएको छ । थप ५० लाख मात्रा कोभिशिल्ड खोप खरिद गर्ने अवस्था हाललाई रहेको छैन ।'

तर अन्य कम्पनीका खोपहरुले औषधि व्यवस्था विभागबाट स्वीकृति पारेको र पाउने क्रममा रहेको भन्दै प्रवक्ता डा.गौतमले नेपाल सरकारले अन्य खोप प्राप्त गर्न कूटनैतिक तथा अन्य माध्यमबाट समेत प्रयास गरिरहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।


प्रकाशित : वैशाख २४, २०७८ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?