२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

थापालाई उपनिर्वाचनमा उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौँ — नेकपा (एमाले) स्थायी कमिटी बैठकले वाग्मती प्रदेशबाट राष्ट्रिय सभाको रिक्त सिटका लागि हुन लागेको उपनिर्वाचनमा रामबहादुर थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । 

थापालाई उपनिर्वाचनमा उम्मेदवार बनाउने एमालेको निर्णय

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले थापालाई नै उम्मेदवार बनाउने निर्णय लिएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । 'राष्ट्रिय सभाको उम्मेदवार रामबहादुर थापालाई नै बनाउने निर्णय भयो,' उनले भने ।

स्थायी कमिटी निर्णयलगत्तै गृहमन्त्रीसमेत रहेका थापा उम्मेदवारी दर्ताका लागि हेटौंडा गएका छन् । उनको साथमा प्रधानमन्त्रीका कानुनविज्ञ बाबुराम दाहाल, एमाले नेता अग्नि खरेललगायत पनि गएका छन् ।थापासहितको टोली हेलिकोप्टरमा हेटौंडा गएको हो ।

कांग्रेस, माओवादी, एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष तथा जसपाको उपेन्द्र यादव पक्षले भने संघीयताका विज्ञ खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

माओवादीबाट निर्वाचित थापा एमाले प्रवेश गरेपछि वाग्मती प्रदेशको राष्ट्रिय सभाको सिट रिक्त भएको थियो । उक्त सिटमा जेठ ६ गते मतदान हुँदै छ ।

प्रकाशित : वैशाख २४, २०७८ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?