कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घण्टामा कोरोनाबाट ५४ जनाको मृत्यु, ८ हजार ९ सय ७० जनामा संक्रमण पुष्टि

काठमाडौँ — पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५४ जनाको मृत्यु मृत्यु भएको छ । 

२४ घण्टामा कोरोनाबाट ५४ जनाको मृत्यु, ८ हजार ९ सय ७० जनामा संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लामा गरी ५४ जनाको मृत्यु भएको हो । हालसम्म मृतकको संख्या ३ हजार ५ सय २९ पुगेको छ ।

यस्तै सोही अवधिमा देशभरका प्रयोगशालामा गरिएको २० हजार ३ सय ६७ पीसीआर परीक्षणबाट ८ हजार ९ सय ७० जनामा कोरोना संक्रमण देखिएको छ ।

एन्टिजेन विधिबाट गरिएको ७ सय ७५ परीक्षणबाट १ सय जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५ सय ८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ७ सय ७ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित : वैशाख २३, २०७८ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?