कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वमन्त्री मोतीप्रसाद पहाडीको कोरोनाबाट निधन

रासस

नेपालगन्ज — कोरोना संक्रमणबाट पूर्वमन्त्री मोतीप्रसाद पहाडीको निधन भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७७ वर्षीय पूर्वमन्त्री पहाडीको भेरी अस्पतालमा उपचारकम क्रममा बिहीबार बिहान १ : ४० बजे निधन भएको हो । 

पूर्वमन्त्री मोतीप्रसाद पहाडीको कोरोनाबाट निधन

उच्च रक्तचाप र मधुमेहबाट पीडित उनलाई कोरोना संक्रमित भएपछि होमआइसोलेसनमा रहेकाबेला अक्सिजनको मात्रा कम भएपछि बुधबार बिहान भेरी अस्पतालमा भर्ना गरिएको थियो । दिउँसो स्वास्थ्यमा सुधार भए पनि मध्यरातमा अवस्था बिग्रँदै गएर निधन भएको अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी दिए ।

डोल्पाका पुराना राजनीतिज्ञ पहाडी विसं २०५३ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पहिले कानुन राज्यमन्त्री, पछि वन तथा भूसंरक्षण र आपूर्तिमन्त्री बनेका थिए । उनको आजै अन्त्येष्टि गरिने जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

प्रकाशित : वैशाख २३, २०७८ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?