कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेलझुन्डी कोरोना अस्पतालमा एकैदिन चार जना संक्रमितको मृत्यु

दुर्गालाल केसी

दाङ — कोरोना विशेष अस्पताल बेलझुन्डीमा बुधबार एकैदिन चार कोरोना संक्रमितको मृत्यु भएको छ ।

बेलझुन्डी कोरोना अस्पतालमा एकैदिन चार जना संक्रमितको मृत्यु

घोराही उपमहानगरपालिका ९ का ६५ वर्षीय पुरुष, घोराही १५ का ६५ वर्षीय पुरुष, घोराही १८ की ४५ वर्षीया महिला र बबई गाउँपालिका ४ का ४० वर्षीय पुरुषको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

चारैजना कोरोना र निमोनियाबाट प्रभावित भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए । अस्पतालमा अक्सिजन अभाव भएका कारण बिरामीलाई बचाउन कठिन भइरहेको पनि उनले बताए । १ सय शय्याको अस्पताल भए पनि अक्सिजन अभावमा ५७ जना मात्रै बिरामी राखिएको उनले बताए । थप बिरामी राखिदिन निरन्तर दबाब आए पनि अक्सिजन अभावका कारण राख्न नसकिएको उनको गुनासो छ ।

अक्सिजन अभावमा बिरामी राख्नु भनेको जानाजान बिरामीको ज्यान जोखिममा पार्नु भएकाले यसमा अनावश्यक दबाब सिर्जना नगर्न उनले अनुरोध गरेका छन् । अक्सिजनको तत्काल व्यवस्था गरिदिन उनले मन्त्री, सांसद्, स्थानीय सरकार, नेता, समाजसेवीलगायतलाई सार्वजनिक रुपमै आह्वान गरेका छन् ।


प्रकाशित : वैशाख २३, २०७८ ०६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?