कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वीरगन्जमा कोरोनाबाट थप ४ को मृत्यु

शंकर आचार्य

पर्सा — कोरोना हटस्पट बनेको पर्सामा १७ घण्टामा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा ३ र नेशनल मेडिकल कलेज अस्पतालमा १ को मृत्यु भएको हो ।

वीरगन्जमा कोरोनाबाट थप ४ को मृत्यु

नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासका अनुसार, मंगलबार राति ९ बजेर ३० मिनेटमा वीरगन्ज आदर्शनगरका ४० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसैगरी, बुधबार बिहान ८ बजेर १० मिनेटमा वीरगन्जम महानगरपालिका-२ का ६५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । बुधबार दिउँसो १ बजेर ५० मिनेटमा नारायणी अस्पतालमा उपचाररत ५२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनी बारा महागढीमाई नगरपालिका २ का बासिन्दा हुन् ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवका अनुसार नेशनल मेडिकल कलेजमा मंगलबार राति ११ बजे उपचारको क्रममा वीरगन्ज महानगरपालिका-१६ का ६३ वर्षीय पुरुषको मृत्यु भएको छ ।

कोरोना संक्रमितको संख्या थपिएसँगै अस्पतालहरुमा गम्भीर किसिमका बिरामीहरु भर्ना हुने क्रम पनि बढ्दो छ । नारायणी अस्पतालमा बुधबार दिउँसो २ बजे सम्म ८४ कोरोना संक्रमित उपचारार्थ भर्ना रहेको अस्पतालका कोभिड संयोजक डा. दासले जानकारी दिए । सबैलाई अक्सिजन दिएर उपचार भइरहेको छ ।

यता वीरगन्जस्थित नेपाल भारत सीमा नाकामा बुधबार ७ संक्रमित भेटिएका छन् । नाकास्थित हेल्थ डेस्कमा भारतबाट नेपाल प्रवेश गरेका ३६ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । तीमध्ये १ भारतीय र बाँकी नेपाली हुन् ।

प्रकाशित : वैशाख २२, २०७८ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?