कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंमा मात्रै २ हजार ९२२ जनामा कोरोना पुष्टि

काठमाडौँ — सोमबार काठमाडौं उपत्यकामा ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा मात्रै २ हजार ९२२ जनामा कोरोना पुष्टि

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ९२२ जना, भक्तपुरमा २२२ जना र ललितपुरमा ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार देशभर ७ हजार ३ सय ८८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १६ हजार ६ सय ५८ पीसीआर परीक्षणबाट ७ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ ।

२४ घण्टामा कोरोना संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय ६२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार २१ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ८६ हजार १५ पुगेको छ ।

हालसम्म पीसीआर परीक्षण २५ लाख २१ हजार १ सय ६४ पुगेको छ । आइसोलेसनमा ५४ हजार ४१ जना र क्वारेन्टाइनमा २१२ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : वैशाख २०, २०७८ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?