कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँकेमा थप एक साता निषेधाज्ञा

रूपा गहतराज

नेपालगन्ज — बाँकेमा जारी निषेधाज्ञा थप एक साता बढाइएको छ । जिल्लामा कोरोना संक्रमण बढ्दो क्रममा रहेको भन्दै प्रशासनले सोमबार रातिसम्म जारी रहेको निषेधाज्ञा थप एक साता लम्ब्याएको हो । 

बाँकेमा थप एक साता निषेधाज्ञा

जिल्लामा कोभिड १९ को संक्रमण दरमा कमी नआएको र दिनप्रतिदिन संक्रमितहरूको संख्या बढिरहेको अवस्थालाई विश्लेषण गर्दै वैशाख २७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा बढाइएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले यसअघिकै निर्णयअनुसार अहिले अब अत्यावश्यक सेवा मात्र सञ्चालन गर्न पाइने र सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने बताए ।


प्रकाशित : वैशाख २०, २०७८ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?