कर्णालीमा अस्पताल भर्ना भएका संक्रमितलाई दैनिक ४ सयदेखि ६ सय रुपैयाँसम्म खाना–खर्च दिइने
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
सुर्खेत — कर्णाली प्रदेश सरकारले अस्पताल भर्ना भएका कोरोनाका बिरामीलाई पौष्टिक खाना खुवाउन दैनिक ४ सयदेखि ६ सय रुपैयाँ दिने निर्णय गरेको छ । आइतबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![कर्णालीमा अस्पताल भर्ना भएका संक्रमितलाई दैनिक ४ सयदेखि ६ सय रुपैयाँसम्म खाना–खर्च दिइने](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2020/health/corona-test-0742020054858-1000x0-1652020045809-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
हुम्ला, मुगु र डोल्पाका बिरामीलाई दैनिक ६ सय रुपैयाँ, कालीकोट र जुम्लाका बिरामीलाई दैनिक ५ सय रुपैयाँ र अन्य जिल्लाका बिरामीलाई ४ सय रुपैयाँ खानाको लागि उपलब्ध गराउने निर्णय गरिएको छ । बैठकले कोभिडका बिरामीका लागि प्रदेश अस्पतालमा ५ सय बेड तयार गर्ने निर्णय पनि गरेको छ ।
तत्काल अक्सिजनसहितका एक सय बेड सञ्चालनमा ल्याउने र ३ सय बेड तयारीका लागि प्रिफ्याबको हल बनाउन नेपाली सेनालाई जिम्मा दिने पनि निर्णय गरिएको छ ।
त्यसै गरी कालीकोट, दैलेख, रुकुम पश्चिम, जाजरकोट र सल्यानका जिल्ला अस्पतालमा अक्सिजनसहित एक सय बेड र हुम्ला, मुगु र डोल्पामा अक्सिजनसहित ५० बेड तयार गर्ने निर्णय गरिएको छ । प्रदेशभर कार्यरत स्वास्थ्यकर्मीमध्ये ७५ प्रतिशतलाई कोभिडको उपचारमा परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)