कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.६७°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

पूर्वरानी शाहको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौँ — पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार हुँदै गएको छ । कोरोना संक्रमण भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत शाहको स्वास्थ्य अवस्थामा क्रमिक रूपमा सुधार हुँदै गएको अस्पतालले एक विज्ञप्तिमार्फत जनाएको छ ।

पूर्वरानी शाहको स्वास्थ्यमा क्रमिक सुधार

कोरोना संक्रमण भएपछि ९ दिनअघि अस्पतालमा भर्ना भएकी शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उनको हाल आईसियूमै राखेर उपचार भइरहेको छ । अक्सिजनको हाइफ्लो सपोर्टमा उपचार जारी राखिए पनि स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भइरहेको छ ।

नर्भिकमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित : वैशाख १९, २०७८ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x