कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेलझुन्डीस्थित कोरोना अस्पतालमा दुई संक्रमितको मृत्यु

दुर्गालाल केसी

दाङ — कोरोना विशेष अस्पताल बेलझुन्डीमा आइतबार दुई कोरोना संक्रमितको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१५ का ७७ वर्षीय पुरुषको बिहान मृत्यु भएको हो । वैशाख १२ गते अस्पताल ल्याइएका उनको वैशाख १२ गतेदेखि उपचार भइरहेको थियो । अस्पतालका अनुसार उनलाई निमोनियासमेत भएको थियो । 

बेलझुन्डीस्थित कोरोना अस्पतालमा दुई संक्रमितको मृत्यु

यसै गरी तुलसीपुर उपमहानगरपालिका ९ का ४८ वर्षीय पुरुषको आइतबार दिउँसो मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक दोर्ण वलीका अनुसार शनिबार मात्रै अस्पताल पुर्‍याइएका उनको एचडीयू बेडमा राखेर उपचार भइरहेको थियो ।


प्रकाशित : वैशाख १९, २०७८ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?