कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५

कोरोना संक्रमित बस्न्यात बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्चमा

काठमाडौँ — अस्पतालमा उपचारका क्रममा रहँदा कोरोना संक्रमण भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका छन् । उनको वारेस बनेर छोरीज्वाँइ प्रज्ज्वल अधिकारीले सर्वोच्चमा निवेदन दिएका हुन् ।

कोरोना संक्रमित बस्न्यात बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्चमा

मुटुमा समस्या देखिएपछि केही साताअघि अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण देखिएको हो । ललिता निवास भ्रष्टाचार मुद्दाका क्रममा उनी साढे चार महिनादेखि डिल्लीबजार कारागारमा छन् ।

बस्न्यातले आफूलाई सामान्य तारिखमा राख्नुपर्ने माग राखी यसअघि नै सर्वोच्च अदालतमा निवेदन दिइसकेका छन् । तर त्यसको सुनुवाइ हुन सकेको थिएन । त्यस क्रममा नै एक्कासी कोभिड देखिएपछि उनले बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका हुन् । उनको निवेदनमाथि आइतबार प्रारम्भिक सुनुवाइ हुनेछ ।

प्रकाशित : वैशाख १७, २०७८ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×