कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्‍न- अविश्‍वास प्रस्तावमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दी ?

अस्पताल सांसदलाई बन्दी बनाउने ठाउँ हो ?

काठमाडौँ — गण्डकी प्रदेश सभामा जनमोर्चाका सांसद खिमविक्रम शाहीलाई अस्पतालको 'आईसीयू'मा भर्ना गरिएको बारेमा प्रमुख प्रतिपक्ष कांग्रेसले कडा आपत्ति व्यक्त गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आएको अवस्थामा एकदिन अघिसम्म स्वस्थ रहेका सांसद कसरी अस्पताल भर्ना भए भनेर प्रश्न गरेका छन् । 

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्‍न- अविश्‍वास प्रस्तावमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दी ?

प्रदेश सभाको बुधबारको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा मतविभाजनको कार्यसूची थियो । त्यसमा एकजना सदस्य पनि अनुपस्थित भए वा फ्लोर क्रस गरेको अवस्थामा प्रदेश सभाको अंकगणितमा फरक पर्ने अवस्था थियो । जनमोर्चाले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय लिएको थियो । यस्तो अवस्थामा उसका एक सांसद पोखराको चिरक अस्पतालको 'आईसीयू'मा भर्ना भएको बताइएको छ ।

कांग्रेस प्रवक्ता शर्माले अविश्वास प्रस्ताव आएपछि त्यसको सही ढंगले निरुपण गर्नुपर्नेमा सरकार गैरजिम्मेवार भएको बताएका छन् । 'संसदीय परिपाटीमा अविश्वासको प्रस्ताव आउँदै गर्दा स्वस्त ढंगले निरुपण गराउने जिम्मेवारी सरकारको हो,' उनले भने, 'कोरोनाको बिरामी आईसीयू बेड नभएर छटपटिइरहेका छन् तर सांसद शाहीको त कोरोना परीक्षण रिपोर्ट नेगेटिभ छ तर पनि कसैलाई भेट्न नदिने गरी स्वास्थ्य अवस्था गम्भीर छ भनेर आइसीयूमा राखिएको छ ।'

गण्डकी प्रदेश सभा सदस्यलाई आईसीयूमा राख्ने अस्पतालमाथि पनि प्रश्न गर्नुपर्ने शर्माको भनाइ छ । 'अस्पतालमाथि पनि प्रश्न गर्नुपर्ने भयो । कतिपयले विगतमा पनि यस्तो भएको भन्छन् तर नयाँ संविधान बमोजिम पनि त्यस्तै प्रवृति दोहोर्‍याउने हो भने हामी कहाँ जान्छौं ?,' उनको प्रश्न थियो ।

शर्माले स्वस्थ व्यक्तिलाई अस्पतालमा राखिनु र उपचारका नाममा बन्दी बनाइएको बारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत सोधेका छन्, 'स्वस्थ, तन्दुरुस्त मान्छेलाई पृथ्वी चोकको चरक अस्पतालको आईसियूमा कसैलाई भेट्न नदिएर किन राखिएको छ ? उपचारका नाममा बन्दी ? अविश्वासमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दी ?'

प्रकाशित : वैशाख १५, २०७८ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?