कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपत्यकामा २४ घण्टामा थपिए २ हजार ४७ कोरोना संक्रमित

काठमाडौँ — काठमाडौं उपत्यकामा २४ घण्टामा २ हजार ४७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ८७९ पीसीआर परीक्षणबाट २ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौंमा १ हजार ४६४, भक्तपुरमा २३२ र ललितपुरमा ३५१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

उपत्यकामा २४ घण्टामा थपिए २ हजार ४७ कोरोना संक्रमित

२४ घण्टामा १३ हजार ८७९ पीसीआर परीक्षणबाट देशभर भने ४ हजार ७७४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ९५५ एन्टिजेन परीक्षणमा १२३ जनामा पोजिटिभ देखिएको छ । पीसीआर र एन्टिजेन गरी संक्रमितको संख्या ४ हजार ८९७ पुगेको छ ।

२४ घण्टामा ७७३ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ३० हजार २०९ रहेको छ ।

प्रकाशित : वैशाख १५, २०७८ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?