कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

कोभिड–१९ नियन्त्रणमा प्रभावकारी कदम चल्न एमाले खनाल–नेपाल समूहको माग

काठमाडौँ — नेकपा (एमाले)को खनाल–नेपाल समूहले कोभिड–१९ नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ । बुधबार कलंकीस्थित एक पार्टी प्यालेसमा बसेको स्थायी कमिटी बैठकले कोरोना भाइरस रोकथाम, नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको हो । 

कोभिड–१९ नियन्त्रणमा प्रभावकारी कदम चल्न एमाले खनाल–नेपाल समूहको माग

‘कोभिड–१९ को रोकथाम, नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गरिएको छ,’बैठकपछि नेता योगेश भट्टराईले भने । बैठकले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा पनि ध्यान पुर्‍याउन पनि सरकारको ध्यानाकर्षण गराएको नेता भट्टराईले जानकारी दिए । ‘पर्याप्त औषधि, भेन्टिलेटर, अस्पतालको व्यवस्थापन, केन्द्र, प्रदेश र स्थानीय तहबीचको समन्वयलगायतलाई प्रभावकारी बनाउन ध्यानाकर्षण गराइएको छ’, उनले भने ।

यसअघि नेता माधव नेपालले विज्ञप्ति निकालेर भविष्यमा आउनसक्ने भयावह अवस्था नियन्त्रणमा लिन सरकारले तत्कालै थप जनशक्तिसहितको विशेष टोली निर्माण, संक्रमण रोकथाम र गम्भीर प्रकृतिका बिरामीलाई उपचार व्यवस्था मिलाउन आवश्यक व्यवस्था गर्न आग्रह गरेका थिए । उनले नेपालगन्जको जस्तो अवस्था देशका अन्य स्थानमा हुन नदिन अस्पतालहरुमा शय्या थप्ने, अक्सिजन व्यवस्थापन गर्ने, सबै उमेर समूहका नागरिकलाई सहज रुपले शीघ्र खोप लगाउने व्यवस्था मिलाउन तथा कोभिड–१९ नियन्त्रण र उपचारमा संलग्न निकायहरुबीच समन्वय कायम गर्न पनि माग गरेका थिए ।

त्यसैगरी बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका कदमविरुद्धका कदम र संघर्षलाई यथावत राख्न निर्णय गरेको नेता भीम रावलले जानकारी दिए । बैठकले देशभर सन्तोषजनक रुपमा समानान्तर कमिटी र भेला भएको निष्कर्ष निकालेको छ ।

फागुन २८ मा ओलीले एकतर्फी केन्द्रीय कमिटी बैठक बोलाएर कमिटी विस्तार, महाधिवेशन मिति तय तथा नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि असन्तुष्ट खनाल–नेपाल समूह अहिले अभियान नै लिएर देशभर समान्तरक कमिटी गठनमा लागेको छ । तर, कोरोना संक्रमणको अवस्था ध्यान दिँदै आगामी दिनमा धेरै ठूला भेला र बैठक आयोजना नगर्ने स्थायी कमिटी बैठकको निर्णय छ ।

प्रकाशित : वैशाख १५, २०७८ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?