कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँकेमा एक साता निषेधाज्ञा

ठाकुरसिंह थारु

नेपालगन्ज — बाँकेमा कोरोनाको संक्रमण नियन्त्रणभन्दा बाहिर गएपछि स्थानीय प्रशासनले सोमबार रातिदेखि लागू हुने गरी जिल्लाभरी एक साताका लागि निषेधाज्ञा जारी गरेको छ ।

बाँकेमा एक साता निषेधाज्ञा

अर्को सूचना जारी नहुँदासम्म निषेधाज्ञा कायमै रहने छ । निषेधाज्ञा अवधिभर अतिआवश्यक कामबाहेक घरबाट ननिस्कन प्रशासनले आग्रह गरेको छ ।

एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुले मात्रै सवारी साधन प्रयोग गर्न पाउने छन् ।


नेपालगन्ज, कोहलपुरमा गरिएको लकडाउन प्रभावकारीरुपमा कार्यान्वयन नभएको र कोरोनको संक्रमण फैलिँदै गएपछि निषेधाज्ञा जारी गर्नु परेको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

प्रकाशित : वैशाख १२, २०७८ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?