कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मृग र दुम्सीको मासुसहित ७ सिकारी पक्राउ

राजकुमार कार्की

सिन्धुली — मृग र दुम्सीको मासुसहित सिन्धुलीमा ७ सिकारी पक्राउ परेका छन् । कमलामाई नगरपालिका–१४ स्थित चुरे जंगलबाट उनीहरु पक्राउ परेका हुन् ।

मृग र दुम्सीको मासुसहित ७ सिकारी पक्राउ

रानीवासस्थित सबडिभिजन वन कार्यालयबाट गएको सशस्त्र प्रहरीको वन रक्षक टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा स्थानीय काले दनुवार, लक्ष्मी दनुवार, मोहन दनुवार, शम्भु कुमर, बरम कुमर, शम्भु चौधरी र ईश्वर कुमर रहेका सहायक वन अधिकृत संघर्षसक्षम मिश्रले जानकारी दिए ।

उनीहरुको साथबाट वन रक्षकको टोलीले चारथान पासो (जाली), खुकुरी, मृग र दुम्सीको सात केजी मासु बरामद भएको छ ।

प्रकाशित : वैशाख ११, २०७८ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?