कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

बालुवाटारमा एमालेको दशौं महाधिवेशन आयोजक कमिटी बैठक जारी

काठमाडौँ — नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा स्थायी कमिटी गठन, अनुशासनको कारबाही, कार्य विभाजन, समसामयिक प्रस्तावका एजेन्डामाथि छलफल हुँदै छ ।

बालुवाटारमा एमालेको दशौं महाधिवेशन आयोजक कमिटी बैठक जारी

बैठकमा वरिष्ठ नेता माधव नेपाल समूहका नेताहरू भने सहभागी छैनन् ।

यसअघि सोमबार बसेको बैठकले नेपालसहित २७ संघीय सांसद र कर्णालीका ५ प्रदेश सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार मंगलबार संसदीय दलका नेतासमेत रहेका केपी शर्मा ओलीले २७ सांसदलाई स्पष्टीकरणपत्र पठाएका थिए ।

स्पष्टीकरण मागिएका नेपालसहितका अधिकांश सांसदले बिहीबार जवाफ बुझाएको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । स्पष्टीकरणको जवाफ दिने सबै सांसदले पार्टीमा संकट उत्पन्न हुनुमा ओलीलाई नै जिम्मेवार ठहर्‍याएका छन् ।त्यस कारण बैठकले स्पष्टीकरण चित्तबुझ्दो नआएको भनेर थप कारबाहीको निर्णय गर्न सक्ने सम्भावना रहेको नेताहरुले बताएका छन् । बिहीबार ओली र नेपालबीच संवाद पनि भएको थियो । नेता नेपालका अनुसार दुवै पक्ष आ–आफ्नो अडानमा रहेपछि सहमति हुन सकेन ।

सोमबार बसेको बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन पेस गरेका थिए । ती प्रतिवेदन बैठकले अनुमोदनसमेत गरिसकेको छ ।

प्रकाशित : वैशाख १०, २०७८ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?