२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३७४

धर्ना बसेको २८ औँ दिनमा डाक्टर अजितले पाए कोभिड भत्ता

काठमाडौँ — कोभिड भत्ता माग गर्दै माइतीघरमा एक्लै धर्ना बसेका सिभिल अस्पतालमा कार्यरत डाक्टर अजित मलिकले २८ औँ दिनपछि कोभिड भत्ता पाएका छन् ।

धर्ना बसेको २८ औँ दिनमा डाक्टर अजितले पाए कोभिड भत्ता

बिहीबार माइतीघरमा सञ्चारकर्मीसँग कुरा गर्दे ढिलै भएपनि पाउनु पर्ने अधिकार पाएकोमा खुसी साटे । डा मलिकले आफूले पाएको अधिकारको श्रेय आम नागरिक र सञ्चारकर्मी तथा सरकारलाई धन्यवाद पनि दिए ।

डा मलिकले धर्नाको २८ औँ दिनमा त्रिवि शिक्षण अस्पतालबाट खातामा पैसा जम्मा गरिदिएको बताए । बुधबार करिब साढे ४ मा उनको खातामा पैसा आएपछि उनले कोभिड भत्ता पाएको ठम्याए । उनले भने, ‘अरु ठूलाबडाले वर्षैभरिको तलब पाए होलान् तर मलाई भने कोभिड वार्डमा काम गरेको दिन मात्र पैसा दिइयो तर मेरो गुनासो छैन ।’

सिभिल अस्पतालबाट पनि उनको मागको सम्बोधन भएको र एक दुई दिनमा नै कोभिड भत्ता दिइनेमा ढुक्क भएको बताए ।

आफूले पाएको कोभिड भत्ताको पैसा भने उनले खुलाउन चाहेनन् । यति मात्र भने, ‘त्यति पैसाले एक महिनाको कोठा भाडा पनि तिर्न पुग्दैन तर मैले पैसाको लागि होइन अधिकारको लागि लडेको थिएँ र म सन्तुष्ट छुँ ।’

‘एक्लो आवाजले पनि केही गर्न सक्ने रहेछ, हर्षित मुद्रामा उनले भने, ‘मैले ध्यानाकर्षण गराउन सफल भएँ । मेरो अग्रसरताले नै केही स्वास्थ्यकर्मीले पनि भत्ता पाएको सुन्न पाउँदा आनन्द लागेको छ । ’

भत्ता नपाए फेरि धर्ना बस्नुहुन्छ त भन्ने प्रश्नमा उनले भने, ‘त्यस्तो अवस्था त नआओस् तर आफ्नो अधिकारको लागि भने जहिल्यै पनि लडिरहनेछु ।’

उनले २९ औँ दिनमा आफ्नो आन्दोलन स्थगित गरिएको बताए । ‘मैले पूरा प्रणालीसँग लडेको थिएँ, स्वास्थ्यकर्मी आफ्नो अधिकारको लागि सडकमा आउन नपरोस्’, उनले भने ।

सम्बन्धित समाचार :

प्रकाशित : वैशाख ९, २०७८ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?