ओली–नेपाल वार्ता सकियो, प्रधानमन्त्रीका सल्लाहकार भन्छन्- दुवै प्रफुल्ल मुद्रामा निस्किनुभयो
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचकाे वार्ता सकिएकाे छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![ओली–नेपाल वार्ता सकियो, प्रधानमन्त्रीका सल्लाहकार भन्छन्- दुवै प्रफुल्ल मुद्रामा निस्किनुभयो](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2021/third-party/hotel-marriottmeetingphotorajankafle-2-2142021044514-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
बुधबार साँझ झण्डै २ घण्टा ओली र नेपालबीच नक्सालस्थित हाेटल मेरियटमा छलफल भएको थियाे । प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार माेतिलाल दुगडले दुवै नेताबीच सकारात्मक वार्ता भएको बताए । 'दुवैजना प्रफुल्ल मुद्रामा निस्किनुभयाे,' दुगडले भने ।
दुवैजना तनावरहित मुद्रामा बाहिर निस्किएको भन्दै दुगडले वार्ता सकारात्मक रहेको बताएका हुन् । सरकारकाे नेतृत्व गरिरहेकाे एमालेभित्रकाे विवाद उत्कर्षमा पुगेको बेला ओली र नेपालबीच भेट भएको हाे ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)
प्रतिक्रिया