कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक १० गते बस्नेगरी स्थगित

बैठकपछि प्रवक्ता ज्ञवालीले भने, 'कुनै पनि बेला निर्वाचनमा जानुपर्ने हुनसक्छ, तम्तयार हुन पार्टी पंक्तिलाई आह्वान गरिएको छ'

काठमाडौँ — नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक १० गते बस्नेगरी स्थगित भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा अ‍ोलीले राजनीतिक प्रतिवेदन पेस गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक १० गते बस्नेगरी स्थगित

प्रतिवेदनमा नेकपाको तीन वर्षे अवधिको समीक्षा, आगामी कार्यभार लगायतका विषय समेटिएको ज्ञवालीले बताए ।

प्रतिवदेनमा नेकपाको तीन वर्षे अवधिको समीक्षा गरिएको प्रवक्ता ज्ञवालीले बताए । ‘एकीकरणको हाम्रो मनसाय सही थियो । तर केही गलत प्रवृत्ति र पात्रहरुको कारण एकीकरण असफल भयो । सर्वोच्च अदालतले त्यसलाई टुंगाइदिए पनि पहिलादेखि नै राजनीतिक र संगठनात्मक हिसाबले करिबकरिब भंगको अवस्थामा थियो भन्ने निष्कर्ष प्रतिवेदनमा छ,’ उनले भने ।

आगामी कार्यभारको रुपमा प्रतिवेदनले मुख्यत तीनवटा कार्यभार रहेको पनि उनले बताए । ‘पार्टी निर्माणभित्र वैचारिक काम, संगठनात्मक काम, पार्टीलाई कमजोर गर्न गतिविधि गरिरहेका साथीहरुलाई फर्काउन प्रयासहरु गर्दै देशको नेतृत्वदायी शक्ति बनाउने,’ बैठकपछि ज्ञवालीले भने, ‘दोस्रो समृद्धिको अभियानलाई तिव्रता दिन तिनै तहका सरकारलाई प्रभावकारी बनाउने भन्ने छ । तेस्रो, कुनै पनि बेला निर्वाचनमा जानुपर्ने हुनसक्छ । त्यसका निम्ति तम्तयार हुन पार्टी पंक्तिलाई आह्वान गरिएको छ ।’

प्रतिवेदन सुझावसहित पारित भएको उनले बताए । बैठकमा महासचिव ईश्वर पोखरेलले पेस गरेको संगठनात्मक प्रतिवेदनमाथि पनि छलफल भएको थियो । प्रतिवेदनमा पार्टीलाई व्यवस्थित बनाउन करिब ६ महिने कार्ययोजना रहेको ज्ञवालीले बताए । जसमा जेठ महान्तसम्म सबै पालिकादेखि वार्ड तहसम्मका सबै कमिटीलाई पुनर्गठन गरिने छ ।

असार मसान्तसम्म पार्टी सदस्यता नविकरण, भदौमा वडा, पालिका र जिल्ला अधिवेशन हुने कार्ययोजना छ । असोजमा प्रदेश अधिवेशन र मंसिरमा पार्टी महाधिवेशन सम्पन्न गर्ने गरी बनाएको कार्ययोजना पनि बैठकले पारित गरेको छ ।

यस्तो छ प्रतिवेदन :

प्रकाशित : वैशाख ६, २०७८ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?