कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अलोकतान्त्रिक सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा छौं : दाहाल

रमेशकुमार पौडेल

चितवन — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केपी ओली नेतृत्वको सरकारको विकल्पमा अर्को सरकार गठन गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।

अलोकतान्त्रिक सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा छौं : दाहाल

‘म अहिले एकक्षणपछि काठमाडौं गएर पार्टीहरुको मिटिङ गर्दै छौं । निरंकुश स्वेच्छाचारी र असंवैधानिक अलोकतान्त्रिक सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा हामी छौं’ आइतबार माडीमा पार्टीको भातृ संगठन वाईसीएलले आयोजना गरेको सभामा बोल्दै नेता दाहालले भने ।

उनले कर्णाली प्रदेश सरकार अपदस्थ गर्ने केपी ओली र उनको गुटको दुस्साहसको के नतिजा भयो सबैले देखेको बताए । ‘गण्डकी प्रदेशमा के हुँदैछ तपाईं हामीले हेरिरहेका छौं । लुम्बिनी प्रदेशमा के हुने छ, देख्दैछौं । र मलाई लाग्छ केही दिनभित्र केन्द्रमा नै एउटा नयाँ कायापलट हुँदै छ, हुनै पर्दछ । म यो विश्वास तपाईंहरुलाई दिलाउन चाहन्छु’ दाहालले भने ।

नयाँ सरकार केन्द्रमा बनेपछि माडीको विकास र माडीको युवाहरुको रोजगारी र सुकुम्बासीहरुको समस्या र माडीका सबै समस्या समाधान गर्न युद्धस्तरमा काम अगाडि बढ्ने उनले बताए । ‘एउटा निरंकुश सरकार पतन भएर जनपक्षीय सरकार आएपछि फेरि एउटा नयाँ युगको सुरुवात हुने छ’ दाहालले भने । उनले जनपक्षीय मुद्दामा आधारित कुनै षड्यन्त्रमा नलाग्ने, जालझेल नगर्ने शक्तिको सरकार बन्ने बताए ।

माडी दाहालको निर्वाचन क्षेत्र पनि हो ।

प्रकाशित : वैशाख ५, २०७८ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?