कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

साहित्यकार वैष्णवको निधन

रासस

काठमाडौँ — साहित्यकार श्यामदास वैष्णवको शुक्रबार राति उनकै निवास ज्ञानेश्वरमा निधन भएको छ । उनी २०७२ सालदेखि मनोरोगले पीडित थिए ।

उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाका प्रिय चेला मानिने वैष्णवका कवितासंग्रह र गीतिनाटक गरेर सात वटा कृति प्रकाशित छन् ।

उनले गोरखा दक्षिण बाहु, महेन्द्र प्रज्ञा पुरस्कार, त्रिमूर्ति, देवकोटा शताब्दी, भानुभक्त, मुक्ति र नइ देरुनीख प्रदीप्तिलगायत पुरस्कार पाएका थिए । १९८१ साउन ५ गते काठमाडौंमा जन्मिएका वैष्णवका श्रीमती, तीन छोरा र चार छोरी छन् ।

प्रकाशित : वैशाख ४, २०७८ २०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?