कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नवलपरासी पूर्वको दाउन्‍नेमा बस दुर्घटना, ३१ जना घाइते, २ को अवस्था गम्भीर 

नवीन पौडेल

नवलपुर — पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा बस पल्टँदा ३१ जना घाइते भएका छन् । 

नवलपरासी पूर्वको दाउन्‍नेमा बस दुर्घटना, ३१ जना घाइते, २ को अवस्था गम्भीर 

बुटवलबाट नारायणगढ आउँदै गरेको ना ५ ख ७००० नम्बरको बस अनियन्त्रित भएर सडकबाट २ सय मिटर तल भिरालोमा खसेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताए । दाउन्ने खण्डमा सडकको अवस्था नाजुक रहेको र धूलोले दिउँसोको समयमा पनि अगाडिको सवारी देख्न नसक्ने अवस्था भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

दुर्घटनामा परी घाइतेमध्ये १३ जना पुरुष, १२ जना महिला र ६ जना बालबालिका गरी ३१ जनाको उद्धार गरेर उपचारका लागि नवलपुर र चितवन भरतपुरका अस्पताल पठाइएको छ । २ जना बिरामीलाई चितवन मेडिकल कलेज भरतपुर लगिएको, २१ जनाको जिल्ला अस्पताल नवलपुर र ८ जनाको अरुणखोला र कावासोतीको अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : वैशाख ४, २०७८ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?