कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिको आह्वान

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारीविरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय अझ कडाइका साथ पालना गर्न सबैमा आह्वान गरेकी छन् । 

जनस्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिको आह्वान

राष्ट्रपति भण्डारीले शनिबार अपराह्न ट्विट गर्दै नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यका कारण नियन्त्रणोन्मुख रहेकामा केही समययता सङ्क्रमणको जोखिम पुनः बढेर गएकामा चिन्ता पनि व्यक्त गरेकी छन् ।


यूके भेरियन्ट लगायतका कारण नेपालमा संक्रमितको संख्या वृद्धि भइरहेको छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ८९० पुगेको छ । निको हुनेको संख्या भने २ लाख ७४ हजार ८ सय १२ पुगेको छ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ७० पुगेको छ ।

सरकारले पुन: कोरोना संक्रमण बढ्न थालेपछि विद्यालय, सार्वजनिक ठाउँहरुमा भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

प्रकाशित : वैशाख ४, २०७८ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?