कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वर्षापछि डढेलो स्वाट्टै घट्यो, वायु प्रदूषण भने घटेन

अब्दुल्लाह मियाँ

काठमाडौँ — बिहीबार र शुक्रबार देशका धेरै भागमा वर्षा भएपछि विकराल बन्दै आएको वन डढेलो नियन्त्रणमा आएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार सातवटै प्रदेशमा वर्षा भएको छ । 

वर्षापछि डढेलो स्वाट्टै घट्यो, वायु प्रदूषण भने घटेन

महाशाखाका अनुसार सबभन्दा बढी वर्षा सिमरा (२९ मिमि) भएको छ । स्थानीय वायुका साथै पश्चिम वायुको प्रभावका कारण बुधबारदेखि देशभर वर्षा भएको हो । सूदूरपश्चिमका केही स्थानबाहेक मुलुकका धेरै स्थानमा वर्षा भएको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

वन तथा भू–संरक्षण विभागको ‘वन डढेलो पहिचान तथा अनुगमन प्रणाली’ले बिहीबार मुलुकको पश्चिम भागमा मात्र डढेलो लागेको देखाएको छ ।

लामो खडेरीका कारण चैत दोस्रो सातापछि देशभर डढेलो विकराल बनेको थियो । एकै दिन ५ सय स्थान सम्म डढेलो लागेको थियो । डढेलोमा परेर धन, जन र जैविक विविधतामा व्यापक क्षतिभएको छ । सरकारले क्षतिको आकलन गरिसकेको छैन ।

प्रदूषण भने उस्तै

दुई दिन लगातार वर्षा भए पनि देशका धेरै भागमा वायु प्रदूषणको अवस्थामा भने कुनै बदलाव आएको छैन ।

वायु प्रदूषणको अध्ययन गर्ने स्विट्जरल्याण्डस्थित् ‘आईक्यू एअर’ले अहिले पनि काठमाडौंलाई प्रदूषित ९४ सहरमध्ये शीर्ष ४ भित्रकै सहरमा राखेको छ ।

वन तथा वातावरण मन्त्रालयमातहतको वातावरण विभागको ‘पोलुसन डट जीओभी डट एनपी’ले पनि काठमाडौंसहित देशका विभिन्न सहरी क्षेत्र र हिमाली जिल्लासम्मै वायुको गुणस्तर सूचकांक (एक्यूआई) बिग्रँदो देखाएको छ ।

विभिन्न स्थानको शनिबार बिहानको एक्यूआई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र सरकारले तोकेको मापदण्डभन्दा अत्यधिक बढी छ । यतिबेला धनगढीको एक्यूआई ३६५ छ । मुगुको रारामा एक्यूआई १६१ र रत्नपार्कमा १६३ छ ।

डब्लूएचओले एक्यूआई ३५ सम्मलाई स्वस्थ (राम्रो), ५१ देखि १ सय सम्मलाई सामान्य, २ सय १ भन्दा माथिलाई धेरै अस्वस्थकर, ३ सय १ भन्दा माथिलाई घातक मापदण्ड तोकेको छ ।

सरकारले गत वर्ष ल्याएको ‘काठमाडौं उपत्यका वायु गुणस्तर कार्ययोजना’ मा पनि एक्यूआई ३०० नाघे विपद्का रुपमा लिइने उल्लेख छ । चैतयता देशका धेरै सहरहरुको एक्यूआई करिब ५ सयसम्म पुगेको छ ।

प्रकाशित : वैशाख ४, २०७८ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?