कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समानान्तर कमिटीको कुनै औचित्य छैन : नेता बस्नेत 

सम्झना रसाइली

तनहुँ — नेकपा (एमाले) का नेता महेश बस्नेतले देशभर बनाइएको समानान्तर कमिटीको कुनै औचित्य नभएको बताएका छन् । 

समानान्तर कमिटीको कुनै औचित्य छैन : नेता बस्नेत 

युवा संघ नेपाल तनहुँले मंगलबार दमौलीमा आयोजना गरेको जिल्लास्तरीय युवा भेलालाई सम्बोधनका क्रममा उनले नेपालको राजनीतिक आकासमा गलत खालको गुट र घर बनिरहेको भन्दै खनाल-नेपाल समूहले देशभर बनाइरहेको समानान्तर कमिटीको औचित्य नरहेको बताए ।

केपी ओली एकता, शक्ति र सुशासनको नेता रहेको बताउँदै उनले नेपाल र प्रचण्ड विग्रह, विभाजन र विद्रोहका नेता रहेको आरोप लगाए । उनले सरकारको विरोध गर्दै हिँड्नेहरुको कुनै भविष्य नरहेको र उनीहरु इतिहासमा मात्रै सीमित रहने पनि बताए ।


प्रकाशित : चैत्र ३१, २०७७ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?