कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नियन्त्रणमा आयो शिवपुरी जंगलको डढेलो

काठमाडौँ — शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो नियन्त्रणमा आएको छ । बुढानिलकण्ठ नगरपालिका-२ तैलुङ जंगल क्षेत्रमा आइतबार बिहानदेखि लागेको डढेलो नियन्त्रणमा आएको सेनाले जनाएको हो ।

नियन्त्रणमा आयो शिवपुरी जंगलको डढेलो

डढेलो नियन्त्रणका लागि सेनाको महेन्द्रदल गणबाट ७६ जनाको अग्नी नियन्त्रक टोली र ३ वटा दमकलसहित खटिएको थिए ।

डढेलो निभाउन सेना, प्रहरी, महानगरपालिका, निकुञ्ज कर्मचारी र स्थानीय खटिएका थिए ।

यससाथै दिउँसो जंगलको माथिल्लो भेगको डढेलो निभाउन हेलिकप्टरको पनि प्रयोग गरिएको थियो । हेलिकप्टरमार्फत् जंगलमा पटकपटक पानी छोडिएको थियो ।

प्रकाशित : चैत्र २९, २०७७ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?