कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल पत्रकार महासंघ चुनाव : विपुल पोख्रेल नेतृत्वको प्यानललाई अग्रता

काठमाडौँ — नेपाल पत्रकार महासंघको आगामी नेतृत्व चयनका भएको मतदानको मतपरिणाम आउने क्रम जारी छ ।

नेपाल पत्रकार महासंघ चुनाव : विपुल पोख्रेल नेतृत्वको प्यानललाई अग्रता

निर्वाचन समितिका सदस्य रामहरि सिलवालका अनुसार अहिलेसम्म मुलुकका विभिन्न ६० जिल्लाको मतपरिणाम आइसकेको छ । अझै १६ जिल्लाका मतपरिणाम आउन बाँकी रहेको उनले जानकारी दिए । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा अहिले काठमाडौं जिल्लाको मतगणना भइरहेको छ ।

पछिल्लो मतपरिणामअनुसार, विपुल पोख्रेल नेतृत्वको प्यानल नै अगाडि आइरहेको छ । पोख्रेल नेतृत्वको प्यानल अर्का प्रतिस्पर्धी निर्मला शर्मा नेतृत्वको प्यानलभन्दा २ हजार बढी मतान्तरले अगाडि रहेको निर्वाचन समिति सदस्य सिलवालले जानकारी दिए । पछिल्लो मतपरिणामअनुसार,पोख्रेल नेतृत्वको समूहले ५ हजार ३ सय मत र शर्मा नेतृत्वको समूहले ३ हजार मत ल्याएको सिलवालले जानकारी दिए ।

सिलवालले विद्युत् आपूर्तिमा समस्या आएकाले जाजरकोट, हुम्लालगायत केही जिल्लाको मतपरिणाम केन्द्रसम्म आइपुग्न कठिनाइ भएको बताए । मुलुक संघीय संरचनामा गएपछि महासंघको नेतृत्व पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन हुन लागेको हो ।

प्रकाशित : चैत्र २८, २०७७ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?